मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बाग्मती सबैभन्दा खराब, सुदूरपश्चिम उत्कृष्ट

काठमाडौँ- सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बाग्मती प्रदेशमा मानव अधिकारको अवस्था सबैभन्दा खराब देखिएको छ भने सुदूरपश्चिम प्रदेश उत्कृष्टमा पर्न सफल भएको छ ।

Karma Consultancy

सूचकाङ्कमा ८५ दशमलव २४ अङ्कसहित बाग्मती सबैभन्दा खराब अवस्थामा रहेको र सुदूरपश्चिम ९ दशमलव ५१ अङ्कसहित उत्कृष्ट देखिएको हो । मधेसको ६४ दशमलव ३९, कोशीको ४९ दशमलव ८१, लुम्बिनीको ४२ दशमलव १२, कर्णालीको ३१ दशमलव २५ र गण्डकीको १६ दशमलव ३६ अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ ।

citizen security services

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क हिजो सार्वजनिक गरेको हो ।

attariya hospital

सन् २०२३ अर्थात २०७९ पुस १७ देखि २०८० पुष १५ गतेसम्म मानव अधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ज्यादतीका घटनामा ७ हजार ७ सय १६ महिला र ६ सय ८२ जना पुरुष पीडित भएको तथ्याङ्क छ ।

इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो सङ्ख्या सन् २०२२ भन्दा २ हजार १२ जनाभन्दा बढी भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.