काठमाण्डौं – काठमाडौंमा डीएसपी हुँ भन्दै एक युवालाई थर्काउन कैलालीका प्रवीण श्रेष्ठ पक्राउ परेका छन । शनिबार कार चलाइरहेको अवस्थामा काठमाण्डौमा बस्दै आएका अंकित गुप्तालाई श्रेष्ठले उनले नागरिकता माग्दै दुर्व्यवहार गरेका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडिओमा श्रेष्ठले, ‘नेपाली नागरिकता छ कि छैन ? नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ?आइडी हेर्छस् डीएसपीको रु लगेर थुन्दिऊँ ?’ भन्दै धम्काएको देखिन्छ ।


त्यो घटनापछि गुप्ताले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ परेको दरबारमार्ग प्रहरीले जनाएको छ । पक्राउ परेका प्रवीण श्रेष्ठलाई अभद्र व्यवहार कसुरका साथै मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटना लाजिम्पाटको होटल साङ्ग्रिला अगाडी भएको थियो। ओभरटेक गरेको भन्दै प्रवीण श्रेष्ठले अंकित गुप्तालाई वाक्यपिच्छे अपशब्द बोल्दै धम्काएका थिए । प्रवीण श्रेष्ठले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका थिए ।


















