भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले  पूर्वसचिव उपाध्याय, गजेन्द्रकुमार ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

maya metro hospital

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ । आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन् ।

सचिवहरु क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी लिएको छ ।

attariya hospital

यसैगरी परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ ।

कोविरुद्ध कति मागदावी 

1235

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.