
बझाङ- बझाङमा एक युवक मृत फेला परेका छन् । जिल्लाको मष्टा गाउँपालिका-५ द्वारी घर भई जयपृथ्वी नगरपालिका-१० को जीपपार्कमा कोठा गरी बस्ने २२ वर्षीय धिरज बुढा मृत फेला परेका हुन् ।

उनी आज बिहान कोठाभित्र पङ्खाको सिलिङमा झुण्डिएको अवस्थामा मृत पाइएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारि दिपेश चौधरीले बताए ।
