
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ ।




















