काठमाडौँ- सौगात मल्ल अभिनित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरमा एक्सन दृश्यसहित सौगात मल्ल र नाजिर हुसेनको मित्रता देखाइएको छ ।

सौरभ चौधरी निर्देशित सस्पेन्स–थ्रिलर फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ ।


फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्म फागुन १८ गतेदेखि प्रदर्शन हुनेछ ।
