धनगढी- जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली एसपी देबेन्द्रबहादुर पालको सरुवा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा भएको छ ।


त्यस्तै, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख नेत्रमणि गिरीको पनि कर्णली प्रदेश प्रहरी गणमा सरुवा भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा धनगढीमा कार्यरत विष्णुहरी कोइरालाको जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा कार्यरत वीरेन्द्रबहादुर शाहीको पनि सरुवा भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा कञ्चनपुरमा कार्यरत रञ्जु सिग्देल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढीमा कार्यरत श्यामसिंह चौधरीको पनि सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा चक्रराज जोशी, र जिल्ला प्रहरी कार्यालय कैलालीमा पदमबहादुर विष्ट एसपीका रुपमा आउने भएका छन् । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)को एकसाथ सरूवा भएको छ ।
























