खाेज्नुहाेस

पाल्पामा भएको जिप दुर्घटनामा १० जनाको मृत्यु

Image

तानसेन – पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका वडा-६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुबाहक जिप दुर्घटना हुँदा घटनास्थमै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

navjiwan hospital

घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीया यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षिया दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीया दिलमाया जिसी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।

godawari nagarpalika dadhelo
attariya hospital

घाइते हुनेहरुमा पाल्पा तिनाउ ६ की २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय शौरव पुन, ४५ वर्षीय तुल बहादुर नेपाली, २८ वर्षीया कमला सुनार, रुपन्देही खैरेनी – ५ का ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ६ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विद्या सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आलब सुनार, तानसेन १० का ४५ वर्षीय जिप चालक दान बहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भुमी पुन र १ जना ३६ दिनकी बालिका गरी १७ जनाको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मंगलबार बेलुका करीव ५ बजेको समयमा लु १ ज २३७१ नम्वरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भइ दुर्घटना भएको थियो। जिप सडकबाट ३० मिटर तल अर्को सडकमा खसेको थियो। जिप ओभरलोडको कारण दुर्घटना भएको बताइएको छ।