बझाङका तीन घरमा आगलागी

बझाङ- बझाङका तीन घरमा आगलागी भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्का, ७३ वर्षीया शंकदेवी खड्का र ६९ वर्षीय धनबहादुर खड्काको घरमा आइतवार आगलागी भएको हो ।

maya metro hospital

घरछेउमा थुपारेको फोहोर जलाउने क्रममा हावाहुरी चल्दा आगलागी हुन पुगेको प्रहरीले बताएको छ । आगलागीबाट तीन ओटै घरका छाना जलेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.