फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो ।

maya metro hospital

‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

joshi vada pasal 2

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।

unn.prixa.net

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.