खप्तड राष्ट्रिय निकुञ्जमा फुरु काट्ने पक्राउ

बझाङ – खप्तड राष्ट्रिय निकुञ्ज भित्र फुरु (तिल्याइलो रुखको गाँठोबाट बनाइने काठको भाँडा) काट्न गएका चार जना पक्राउ परेका छन । उनीहरुलाई शुक्रबार राति निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने चारै जना हुम्लाको नाम्खा गाउँपालिका ३ का बासिन्दा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरु नाम र अन्य विवरण भने खुलाइएको छैन ।

maya metro hospital

उनीहरुको साथबाट काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तीका सामान बरामद गरिएको छ । तिल्याइलोको गााठोबाट बनेको फुरुको मुख्य बजार तिब्बत हो ।

joshi vada pasal 2

तिब्बतीहरु यस्तो खालको काठको भााडोमा खानेकुरा खाँदा खानेकुरामा हुने विषाक्त तत्वहरु निर्मुल हुने विश्वास गर्दछन् । तिब्बती बजारमा फुरुको आकार र बनावट हेरेर प्रतिगोटा २० हजार देखी २० लाख सम्ममा विक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.