खाेज्नुहाेस

बझाङमा घरको छतबाट लडेर बालक घाइते, धनगढी रिफर

Image
navjiwan hospital

बझाङ- बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् । छबिसपाथिभेरा गाउँपालिका-२ मुगला घर भई जयपृथ्वी नगरपालिका-९ सिमखेत कोठा गरी बस्दै आएका भिरु कडायतका ८ वर्षीय छोरा आयुश घरको छतबाट लडेर घाइते भएका हुन् ।

आज दिउँसो घरको छतमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।

attariya hospital