१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- काभ्रेको बनेपा नगरपालिका-९का वडाध्यक्ष नृपेश बादेविरूद्ध घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

maya metro hospital

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनीविरूद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वडाध्यक्ष वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

attariya hospital

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.