ड्यूटीबाट फर्किरहेका सहायक हवल्दारको प्रहरी भ्यानबाट खसेर मृत्यु

काठमाडौँ- ड्यूटीबाट फर्किरहेका प्रहरी सहायक हवल्दार हेमराज एलजीको प्रहरीको भ्यानबाट लडेर मृत्यु भएको छ ।

maya metro hospital

गएराति ड्यूटी सकेर सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खसेर एलजीको मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।

joshi vada pasal 2

उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र बा १ झ ७४१८ नम्बरको सो भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.