
काठमाडौँ- सशस्त्र प्रहरीका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकको काज सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुको काज सरुवा गरेका हुन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार डीआईजी गणेशबहादुर ठाडामगरलाई नम्बर–३ गढीमाई मुख्यालय मकवानपुरमा सरुवा गरिएको छ । नम्बर–६ बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई पठाइएको छ । लक्ष्मणबहादुर सिंहलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग र प्रदीपकुमार पाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ ।
