बझाङको जयपृथ्वीमा महिलाहरुलाई सिलाइ कटाइ तालिम

बझाङ- बझाङको जयपृथ्वी नगरपालिकामा महिलाहरुलाई तीन महिने सिलाइ कटाइ तालिम दिइँदै छ । पालिकाको महिला विकास समितिको आयोजनामा हिजोबाट तीन महिने सिलाइ कटाइ तालिम दिन सुरु गरिएको हो ।

maya metro hospital

महिला सशक्तीकरणका साथै महिलालाई व्यवसायसँग जोड्ने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गरिएको महिला विकास समितिकी अध्यक्ष रमादेवी जोशीले बताइन् । तालिममा नगरपालिकाभित्रका प्रत्येक वडाबाट एक/एक जना गरी ११ जना महिलालाई सहभागी गराइएको छ ।

joshi vada pasal 2

महिला विकास समिति अध्यक्ष जोशीले समितीले महिलाको हक हितमा काम गर्ने भएकाले यो तालिमले सीप सिकाई महिलालाई सक्षम र आर्थिक रुपमा सबल बनाउने बताइन् । तालिममा प्रशिक्षण सुपरस्टार टेलरका सञ्चालक समुन्द्र दमाइले गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.