बझाङ- बझाङको दुर्गाथलीमा अपाङ्गता भएकाहरुलाई राहत वितरण गरिएको छ । दुर्गाथली गाउँपालिका-४ मा रहेका ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई राहत एवं सहयोगी सामग्री वितरण गरिएको हो ।

वडा भित्रका १६ जना ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरुलाई राहत स्वरुप व्ल्याङकेट, ट्रयाकसुट, रेडियो, लौरो लगायतका सामग्री प्रदान गरिएको वडा अध्यक्ष शिवराज जोशीले बताए । पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको २०८०/८१ को कार्यक्रम अन्तर्गत ती सामग्री वितरण गरिएका हुन् ।


यस्तै, दुर्गाथली-२ मा ११ जना र वडा नम्बर ३ मा ८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सो सामग्री वितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष रमेशबहादुर बोहराले बताए ।