खाेज्नुहाेस

एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु

Image
सांकेतिक फोटो
navjiwan hospital

काठमाडौँ- एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । राजधानीको सिनामंगलमा मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुरका ३५ वर्षीय दिपक राईको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा सोमबार बेलुकी उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

attariya hospital