खाेज्नुहाेस

सर्लाहीमा जिप दुर्घटना, नापी कार्यालयका प्रमुखहित १० जना घाइते

Image

काठमाडौँ- सर्लाहीमा जिप दुर्घटना हुँदा नापी कार्यालयका प्रमुखसहित १० जना घाइते भएका छन् । भारतीय नम्बर प्लेट बीआर ०६ पीडी ९६४८ नम्बरको जीप दुर्घटना हुँदा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित १० जना घाइते भएका हुन् ।

navjiwan hospital

हिजो बेलुका मलङ्गवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ट्र्याक्टरसँंग ठोक्किएर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।

add everest academy
attariya hospital

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जीवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् । घाइते सबैको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।