
बझाङ- बझाङमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका-११ डाँडागाउँकी १६ वर्षीय रमिला विक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
सोमबार आफ्नै घरको कोठामा डोरीले पासो लगाएकी उनलाई जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















