बैतडीमा जिप दुर्घटनामा हुँदा दुई जना घाइते

बैतडी – बैतडीमा जिप दुर्घटनामा हुँदा दुई जना घाइते भएका छन् । पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन् ।

maya metro hospital

घाइते हुनेमा चालक समेत रहेका सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक, खेमबिक्रम केसीले जानकारी दिए ।

खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सु.प.प्र. ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप बिहान पाटन–३ को धुरा भन्ने स्थानमा  दुर्घटना परेको हो । उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.