बझाङमा बाघले ११ बाख्रा मार्‍यो

बझाङ – बझाङमा बाघले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको थलारा गाउँपालिका– २ मा एकैदिन बाघले ११ वटा बाख्रा मारेको छ । शनिबार बिहान ११ बजेको समयमा थलारा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा कफलकाँडाका स्थानिय रबिन्द्र खातीका ११ वटा बाख्रा बाघले मारेको हो ।

Karma Consultancy

थलारा गाउँपालिका– २ को कालापानि बिसौनाको जङ्गलमा चराउन लगेका बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। उनका अनुसार चराउन लगिएका १८ वटा बाख्रा मध्ये ११ बाघले मारेको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.