सर्लाही- ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । लालबन्दी नगरपालिका-१ नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि कार्यालयअगाडि नै छुरा प्रहार भएको हो ।

ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट, राजपुर-१ का यमामुद्दीन देमानले चेकिङका क्रममा विवाद भएपछि ट्राफिक प्रहरी जवानलाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


छुरा प्रहार गर्ने देमानलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता ओमप्रकाश यादवले बताए । घाइते ट्राफिक प्रहरी जवान महतोको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।















