
बझाङ- बझाङका सन्तोष रावल भारतको बैंगलोरमा मृत फेला परेका छन् । छान्ना घर भई रोजगारीको सिलसिलामा परिवारसहित बैंगलोरमा बस्दै आएका रावल मृत फेला परेका हुन् ।
उनको अफिसबाट ३ किलोमिटर टाढा मेट्रो पुल तल प्रहरीले शव फेला पारेको रभी रुपेनले जानकारी दिए । उनको शव सागर हस्पिटलमा राखिएको र घटनाबारे कर्नाटक पुलिसले अनुसन्धान गरिरहेको बताइएको छ ।


















