धनगढी- नेपाल चिकित्सक संघ सुदूरपश्चिम सेती शाखाको सभापतिमा डाक्टर खगेन्द्र भट्ट निर्वाचित भएका छन् । सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भट्ट निर्विरोध निर्वाचित भएका हुन् ।

उनको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । संघको उपसभापतिमा डाक्टर नरबहादुर मौनी, सचीवमा डाक्टर मेराज आलम अन्सारी, कोषाध्यक्षमा डाक्टर रविन्द्रदेव भट्ट, सहसचिवमा जगदीशचन्द्र भट्ट र सहकोषाध्यक्षमा जोनस तिवारी निर्वाचित भएका छन् ।


सदस्यहरुमा डाक्टर विजयविक्रम बम, डाक्टर चेतराज भट्ट, गणेश फुलारा, मोहन नाथ तथा डाक्टर सम्यक शाक्य निर्विरोध निर्वाचित भएका छन् ।