खाेज्नुहाेस

बझाङमा हिमपात संगै विद्युत् सेवा अवरुद्ध

Image

बझाङ – बझाङमा हिमपात र बर्षा संगै विद्युत् सेवा अवरुद्ध भएको छ । बझाङको सुर्मा, छविसपाथीभेरा, मष्टा, थलारा, खप्तडछान्ना, दुर्गाथली, केदारस्युँ, तल्कोट गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका विभिन्न ठाउँमा हिउँ जम्न थालेको छ ।

navjiwan hospital

हिमपातको कारण बैतडीको श्रीभावरदेखि बझाङको वित्थडबीचमा पर्ने खण्डमा राष्ट्रिय प्रसारण लाइनमा खराबी आउँदा बुधबारदेखि नै विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका सुपरभाइजर रुपक थापाले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

विद्युत मर्मतका लागि प्राविधिकको टोली त्यस तर्फ पठाइसकिएको भए पनि मर्मत हुन कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।

यस्तै घाम नलागेका कारण कतिपय पालिकाहरूमा रहेका नेपाल टेलिकमको टावरमा सौर्य प्रणालीले काम नगर्दा टेलिफोन र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ ।