काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली चालक थिए ।


गुम्बा जाँदै गरेको जीप सडकबाट तल खसेको हो । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ ।