काठमाडौँ- आजदेखि देशभरका सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म नै सञ्चालन हुँदैछन् ।

सरकारले २०७९ चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म तोकिएको छ ।


कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजेबाट सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो । हिउँदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो ।
यस्तै, शुक्रवारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।















