
बझाङ- बझाङका दुई जना स्थानीयको गोठमा आगलागी भएको छ । जिल्लाको मस्टा गाउँपालिका-७ का दुर्घु धामी र जबरे बोहराको सँगै जोडिएको गोठमा आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागीबाट धामीको एक भैँसी जलेर मरेको र एक गोरु जलेर घाइते भएको छ भने बोहराको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणमा आइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले बताए ।


















