काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गरेर आवेदन माग गरेको हो ।

३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेका, कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । आवेदन सात दिनभित्र दिन भनिएको छ ।


















