खाेज्नुहाेस

विकट क्षेत्र ओलानीमा प्रदेशस्तरिय कराँते

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १०, ११ र १२ लाई विकट वडाका रुपमा लिईन्छ । बजार क्षेत्रबाट टाढा भएकाले सम्भवत उक्त वडाहरुमा वडास्तरिय या भनौ नगरस्तरिय बाहेकका कुनै पनि कार्यक्रमहरु आयोजना हुन सकेका छैनन् । तर शनिबार वडा नं. ११ मा प्रदेश स्तरिय प्रतियोगीता आयोजना गरियो । सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा वडा नं. ११ मा सुदूरपश्चिम प्रदेश स्तरिय तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृती कराँते प्रतियोगीता आयोजना गरिएको हो ।

प्रतियोगीता सञ्चालनका लागि नगरकै विकट वडाका रुपमा हेरिदै आएका उक्त वडाहरुले आफैले आर्थिक सहयोग गरेका थिए । ‘वास्तवमै ओलानी क्षेत्र विकासको दृष्ट्रिकोणले र सामाजिक रुपमा पनि पछाडी परेको क्षेत्र हो, यहाँ थुप्रै समस्याहरु छन’ उनले भने ‘आज यो ठाउँमा विभिन्न समस्याका बावजुद पनि तिन ओटै वडा कार्यालयले यहाँका प्रतिभावान खेलाडीहरुलाई राष्ट्रियस्तरका खेलाडी बनाउन हामीले पनि ठुला प्रतियोगीताहरु आयोजना गर्नुपर्छ भनेर यो प्रतियोगीता आयोजना गरेका हौ ।’

attariya hospital

उनले यस्ता प्रतियोगीताहरुबाट नै खेलाडीहरुका अन्र्तनिहित क्षमताहरु बाहिर आउन सक्ने बताए । उनले पछाडी परेको क्षेत्रमा जिल्ला एवम् प्रदेशका ठूला व्यक्तिहरुलाई ल्याउन सफल भएको बताउदै सोही प्रतियोगीताको माध्यमबाट ओलानी क्षेत्रका समस्याहरु सुनाउने मौका मिलेको पनि बताए ।

navjiwan hospital

उनले ओलानीक्षेत्रमा हालसम्म पनि कुनै किसिमको विकास नभएको बताए । उनले सडककै समस्याका कारण ओलानी विकटका रुपमा हेरिएको बताए । ‘अत्तरिया बजारबाट ९ किलोमिटर मात्रै टाढा भएपनि आउँदा १ घण्टा लाग्छ’ उनले भने ‘चौकिडाँडा फल्टुडे सडक निर्माणको कार्य सम्पन्न भए यहाँका जनताहरुलाई धेरै हदसम्म सहजता हुने थियो ।’ उनले उक्त सडक खण्डको निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन नगर्नु दुखद भएको बताए । उनले ओलानीबासीहरुलाई सहज आवत जावतका लागि जतिसक्दो चाँडो उक्त सडकखण्डको निर्माणलाई पुर्णता दिई उनले प्रदेश सरकारलाई आग्रह गरे ।

गोदावरी नगरपालिका–११ को कार्यालय परिसरमा आयोजना भएको प्रतियोगीतामा जिल्लास्तरबाट छनौट भएका खेलाडीहरुको सहभागीता रहेको थियो । उक्त प्रतियोगीताका प्रदेश स्तरिय भएको र कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रियस्तरको प्रतियोगीताको लागि छनौट गरिन लागिएको सुदूरपश्चिम प्रदेश कराँते महासंघका अध्यक्ष त्रैलोक्य नाथ पाण्डेयले जानकारी दिए । उनले प्रदेश स्तरिय प्रतियोगीताका विभिन्न विधाहरुमा उत्कृष्ट भएका खेलाडीहरुलाई राष्ट्रिय स्तरको प्रतियोगीतामा सहभागी गराईने उनले बताए ।

‘प्रतियोगीतामा पुरुष तर्फ ७ र महिला तर्फ ५ वटा फरक फरक विधाहरु रहेका छन’ उनले भने ‘सबै मिलाएर प्रतियोगीतामा जम्मा १७ विधामा खेल हुनेछन, जसबाट २१ जनाले राष्ट्रियस्तरमा भाग लिन पाउनेछन ।’ राष्ट्रियस्तरमा उक्त प्रतियोगीता यही माघ १८, १९ र २० गते ललितपुरमा हुन गईरहेको छ । सोही प्रतियोगीताको लागि सुदूरपश्चिमको प्रतिनिधित्व हुने गरी ओलानीमा प्रदेशस्तरिय प्रतियोगीता आयोजना गरिएको थियो ।