बुटवल- दाङको तुलसीपुर उपमहानगरपालिका-५ रानी जरुवाकी १८ वर्षीया कमला केसीको घरको छतबाट खसेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कमला आफ्नै एक तले घरको छतबाट खसेर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा बाँकेको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

उनको बाटोमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















