खाेज्नुहाेस

विमानस्थलमा अध्यागमन अधिकृतमाथि प्रहरीद्वारा कुटपिट

Image
तस्बिर : अनलाइन खबर

काठमाडौँ- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।

विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई मेटल डिटेक्टर भएको स्थानमा चेकजाँच गर्ने क्रममा विवाद भएको बताइएको छ । उनले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गर्दा विवाद भई सो क्रममा प्रहरीले आफूमाथि कुटपिट गरेको बताए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

प्रहरीले भने आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालका अनुसार सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भई प्रहरीले अध्यागमन अधिकृत मोक्तानमाथि आक्रमण गरेको देखिएको थियो । त्यसपछि हमालले प्रहरीको ज्यादती बढी भयो भनी कुरा गर्दा सीसीटीभी शाखामा रहेका प्रहरीहरुले पुनः मोक्तानमाथि आक्रमण गरेका थिए । उनले सोही क्रममा प्रहरी कर्मचारीले पछाडिबाट आफूमाथि समेत लात्ती प्रहार गरेका बताएका छन् ।

अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका छन् । विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उपस्थितिमा छलफल भइरहेको बताइएको छ ।