काठमाडौं – अयोध्याको राम मन्दिरमा एकै दिन ३ करोड बढी रुपैयाँ संकलन भएको छ । मन्दिरको प्राण प्रतिष्ठा गरेको भोलिपल्ट मंगलबार ३ करोड १७ लाख रुपैयाँ भेटी संकलन भएको हो ।

उक्त दिन २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अनिल मिश्रले मन्दिरको प्राण प्रतिष्ठापछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रुपैयाँ दान प्राप्त भएको बताए ।

बुधबार राती १० बजेसम्म २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए । प्राण प्रतिष्ठा गरेको दिन सोमबार ५ लाख बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए ।

















