बझाङ- बझाङमा जिपले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । बुधबार जिल्लाको केदारस्युँ गाउँपालिका-४ तल्लो बजारमा सुपप्र ०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिँदा सोही ठाउँकी महेश्वरी मल्ल घाइते भएकी हुन् ।

प्रहरीका अनुसार अन्दाजी ६४ वर्षीया मल्ललाई बागथलाबाट रायलतर्फ जाँदै गरेको जिपले ठक्कर दिएको हो । उनलाई रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारपछि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिप चालक बित्थडचिर गाउँपालिका-४ का अन्दाजी २४ वर्षीय विशाल सिंह स्याडालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
















