खाेज्नुहाेस

कांग्रेस नेतृ पोख्रेलको निधन

Image

काठमाडौँ- नेपाली कांग्रेस नेतृ द्रौपदा शर्मा पोख्रेलको निधन भएको छ । उनको आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा एक सय एक वर्षको उमेरमा निधन भएको हो ।

navjiwan hospital

प्रजातन्त्र सेनानी स्वर्गीय गोवर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनर्स्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् ।

godawari nagarpalika dadhelo
attariya hospital

गोवर्द्धन शर्माको सर्वस्व हरणपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो । गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक द्रौपदाको चार छोरा रामचन्द्र, कृष्णचन्द्र, डा जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीद्वय प्रियंवदा र सत्यवती छन् ।