काठमाडौँ- भारतको अयोध्यामा राम मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा सम्पन्न भएको छ । आज दिउँसो १२ बजेर २९ मिनेटमा मुख्य पूजा सुरु भई प्राण प्रतिष्ठा सम्पन्न भएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

