दाङ- दाङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-४ का ४३ वर्षका पेण्डुवा चौधरीले श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रक्सीले मातेका उनले गएराति श्रीमतीलाई कुटपिट गरेपछि रोक्न पुगेका दुईजना छिमेकीमाथि पनि रड प्रहार गरेका बताइएको छ ।