सुदूरपश्चिम लगानी सम्मेलनका लागि ५५ आयोजनाको सूची तयार

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनका लागी अहिलेसम्म ५५ आयोजनाको सूची तयार गरेको छ । आगामी फागुन २३ र २४ मा धनगढीमा हुँने ‘प्रदेश लगानी तथा विकास सम्मेलन’ को लागी प्रदेश सरकारको मूल आयोजक समितिले सो संख्यामा आयोजनाको सूची तयार गरेको हो ।

maya metro hospital

मुख्यमन्त्री कमलबहादुर शाह संयोजकत्वमा रहेको समितिले लगानीकर्ता, परामर्शदाता तथा विज्ञसँगको छलफलबाट ती आयोजनाको सूची बनाएको हो । समितिका कार्यकारी सदस्य नृपबहादुर सुनारले सम्मेलनमा राखिने आयोजनाको सूची परिष्कृत बनाउन विस्तृत विवरण तयार गरिरहेको जानकारी दिए ।

लगानीकर्ता, सम्बन्धित निकाय, परामर्शदाता र विज्ञसँग छलफल गर्ने क्रम जारी रहेको उनले बताए । समितिले बनाएको सूचीअनुसार पर्यटन क्षेत्रका १२, उद्योग तथा खानीका १०, कृषिका १८, वन क्षेत्रका २, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ५, ऊर्जाका २, सूचना–प्रविधि क्षेत्रका ३ र शिक्षाका ३ आयोजना छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.