एजेन्सी- भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ । हिजो भएको दुर्घटनामा १२ विद्यार्थी र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।

घुम्न भनेर गएका शिक्षक र विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ भने ६ जना बेपत्ता छन् । हराएकाहरुको खोजी भइरहेको खबरमा उल्लेख छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका बीबीसीले जनाएको छ ।
