बक्सिङ खेलाडी गोसाई मृत भेटिइन्

काठमाडौँ- बक्सिङ खेलाडी नीता गोसाईं मृत फेला परेकी छन् । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी गोसाईं झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ ।

maya metro hospital

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकका अनुसार उनी भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत फेला परेकी हुन् । परिवारले प्रहरी वृत्त, जगातीमा एक जनाविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएको र ती व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाठकले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.