सुदूरपश्चिममा हल्का वर्षा र हिमपातको सम्भावना

अत्तरिया- बुधबार सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

maya metro hospital

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिक बदली भई तराईमा हुस्सु/कुहिरो लागेको छ । आज सुदूरपश्चिमसहित कोशी, बागमती ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

त्यस्तै, यी पाँचै प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.