रुसको भोरोनेजमा आपत्कालीन अवस्था घोषणा

एजेन्सी- युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको भोरोनेज सहरमा आपत्कालीन अवस्थाको घोषणा भएको छ ।

maya metro hospital

युक्रेनले लगातार आक्रमण गरेपछि आपत्कालको घोषणा गर्नुपरेको भोरोनेज सहरका मेयर वादिम कस्टेनिनले बताएका छन् । आक्रमणबाट भएको क्षति र त्यसको मूल्याङ्कन एक आयोगले गर्ने पनि उनले जानकारी दिए । ड्रोन आक्रमणका कारण विस्थापित भएकाहरूलाई स्कुलमा राखिएको छ ।

यसअघि वोरोनेज क्षेत्रमा युक्रेनले लगातार गरेका ड्रोन आक्रमणलाई रुसी प्रतिरक्षा प्रणालीले ध्वस्त बनाइदिएको थियो । रुसी रक्षा मन्त्रालयले वोरोनेज क्षेत्रमा ३ वटा युक्रेनी ड्रोन खसालेको जानकारी दिएको छ । केही महिनायता रुस र युक्रेन एकअर्काले आक्रमणलाई तीव्र बनाएका छन् ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.