डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु, एक घाइते

डोटी – डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान बँदेलको आक्रमणमा परी घाइते भएकी केआईसिँह गाउँपालिका– १ बसिनाकी ३५ वर्षीया जगुली देवी भूलको मृत्यु भएको हो ।

maya metro hospital

बदेलको आक्रमणमा परेर केआईसिँह गाउँपालिका– १ बसिनाका ७२ वर्षीय भगी भूल र जगुली देवी भूल घाइते भएका थिए । जगुली देवी भुलको अस्पताल पु¥याउनु अघि नै मृत्यु भएको जिल्ला अस्पतालका डा. निराजन श्रेष्ठले बताए । घाइते भगी भूलको स्वाथ्य अवस्था सामान्य छ ।

citizen security services

घर नजिकै रहेको खेतमामा घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.