आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

अत्तरिया – विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

maya metro hospital

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । त्यही भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । वि.सं. १९९० मा आएको भूकम्पमा परेर ८ हजार ५१९ जना मानिसको मृत्यु भएको थियो ।

attariya hospital

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.