टुँडिखेलको भीडमा च्यापिएर ११ जना घाइते

 

काठमाडौं – टुँडिखेलको भीडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए ।

maya metro hospital

घाइते हुनेहरुमा दस पुरुस र एक महिला रहेका छन् । घाइते भएका ११ जनालाई नै उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको एसपी ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.