बझाङ- बझाङ सदरमुकाम चैनपुर बजारका चोकहरुमा उद्योग वाणिज्य संघले डस्टबिन राखेको छ । बजार भित्रका चोक तथा मुख्य ठाउँहरुमा १० ओटा डस्टबिन राखिएको हो ।
बजारका मुख्य चोक तथा गल्लीहरूमा फोहोर थुप्रिन थालेपछि फोहोर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरेको उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । संघले शनिबार बजार सरसफाइ गदै जथाभावी फोहोर नफाल्न अनुरोध गरेको थियो ।