कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका– ९ लालपुरका स्थानीय एवम सुदुर पश्चिमखबर डटकमका सम्पादक बिरेन्द्र कलौनीले आफ्नो छोरीको जन्मदिन वृद्धाश्रममा मनाएका छन् । उनले आफ्नी छोरी आरवि कलौनीको पहिलो जन्मदिन वेदकोट नगरपालिका– ७ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा मनाएका हुन ।
सो अवसरमा उनले केन्द्रमा रहेका १३ जना वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेको परिवारले जनाएको छन् । बिरेन्द्र कलौनी हाल कोरियामा कार्यरत छन् । आरविका जेठा बुवा तथा युवा सर्जक प्रकाश कलौनीले घरमा लक्ष्मी आगमनको १ वर्ष पूरा भएसँगै वृद्ध आमाबुबाको आशीर्वाद प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरे ।
‘घरमा लक्ष्मी आगमनको एक वर्ष पूरा भएको छ, यो महत्वपूर्ण दिनमा वृद्ध आमाबुवा संग आशीर्वाद प्राप्त गर्न पाउँदा खुसी लागेको छ’ उनले भने । उनले भाइ हाल कोरियामा भएपनि स–परिवार वृद्ध आश्रममा गएर फलफूल वितरण गरेको बताए ।
पछिल्लो समय युवाहरु आफनो जन्मदिन होटलमा गएर मनाउने र फजुल खर्च गर्ने परिवेष रहेको अवस्थामा आफुले होटलमा गएर फजुल खर्च गर्न नचाहेर वृद्ध आमाबुबालाई फलफूल वितरण गरेर जन्मदिन मनाएको उनको भनाइ रहेको छ । उनले युवाहरुले होटलमा गएर आफनो जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आवश्यकता भएकाहरुलाई सहयोग गर्न आग्रह गरे ।
बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रका कर्मचारी बहादुर बिष्टले आरवि कलौनीलाई पहिलो जन्मदिनको शुभकामना व्यक्त गर्दै जन्मदिनको अवसरमा वृद्धाश्रममा आएर असहाय वृद्धवृद्धालाई सहयोग गरेकोमा आभार प्रकट गरे ।
साथै बिष्टले सबैलाई होटलमा गएर फजुल खर्च नगरी असहाय वृद्धवृद्धालाई आफूले सकेको सहयोग गर्न आग्रह गरेका छन् । युवा सर्जक प्रकाश कलौनीले पनि केही दिन अघि मात्रै आफ्नो छोराको ५औँ जन्मदिनको अवसरमा अनाथालयमा शैक्षिक सामग्री तथा फलफूल वितरण गरेका थिए ।