बझाङमा घाँस काटिरहेकी महिला भिरबाट लडिन्, धनगढी पठाइयो

बझाङ- बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको केदारस्युँ गाउँपालिका–९ लामेकी ४५ वर्षीया गौमती देवी धामी शुक्रबार लामेभिर भन्ने जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि जिल्ला अस्पताल बझाङ लगिएको थियो । जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.