दाङ – दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । बस राप्ति पुलबाट खसेर ४ जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए ।

बसमा करिब ३७ जना यात्रु भएको आकलन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।
